सय दिनमा मन्त्री जुग्जालीको अडान: पद जाला तर यातायातमा खेलोमेलो हुन दिन्न

पाेखरा | भदौ ४, २०८०

सय दिनमा मन्त्री जुग्जालीको अडान: पद जाला तर यातायातमा खेलोमेलो हुन दिन्न

पोखरा:  गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले यातायात क्षेत्रमा चलखेल र योजना फेरबदल गर्न नदिने बताएका छन् । 

 

भौतिक मन्त्रालयको कार्यभार सम्हालेको एकसय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री जुग्जालीले यस्तो अडान व्यक्त गरेका हुन् ।

 

उनले आफु मातहतका कार्यालयमा चलखेल हुन नदिने बताउदै विकृतिलाई हटाउदैं जाने स्पष्ट पारे ।

 

 

 

‘मन्त्रालय कसरी सञ्चालन गर्ने भन्ने बल्ल बुझ्दै छु, यहाँ आएको बल्ल तीन महिना भएको छ ।  यसको जस अवजस मैले नै हो लिने’, जुग्जालीले भने, ‘म कसैले भनेको पनि सुन्दिन र मान्दिन, बरु मन्त्री पद जाला तरपनि पाँचवर्ष सांसद रहन्छु त्यसैले म यहाँ रहँदासम्म यातायात क्षेत्रमा खेलामेलो र योजना फेरबदल हुन दिन्न ।’

 

उनले संसदमा पनि उक्त कुरा राखेकाले मन्त्रालयका योजना फेरबदल र यातायात क्षेत्रमा कुनै खेलोमेलो हुन नदिने दोहोर्याए ।  

 

मन्त्री जुग्जालीले ट्याक्सी मिटरमा सञ्चालन हुने भन्दै समिति बनाएर सञ्चालन गर्न नहुनेसमेत सुनाए । 
‘ट्याक्सी भनेको कन्ट्याक्टमा सञ्चालन हुने हो समिति बनाएर सञ्चालन गर्ने होइन, यो क्षेत्रमा ठुलो चलखेल हुँदा यो (मिटरसिस्टम) पहिले लागु भएन, उनले भने, ‘चलखेलले देशको विकास हुन सकेन, अब यसको अन्त्य भएर जान्छ ।’

 

उनले पोखरा उपत्यकामा भाद्र १ गतेदेखि ट्याक्सी अनिवार्य मिटरमा सञ्चालनमा आएकाले मिटर नियमित चेकजाँच गर्ने संयन्त्रको निर्माण गर्ने तयारी भइरहेको बताए । 

 

उनका अनुसार सार्वजनिक विद्युुतीय सवारी सञ्चालन मापदण्ड २०८० स्विकृत र लागु भएको र २० वर्षे ट्याक्सी विस्थापित गरी विद्युुतीय कार दर्ता गर्ने प्रक्रिया अघि बढेको छ । 

 

यातायात व्यवस्था कार्यालय बागलुुङमा ११ वर्षपछि चार पाङ्ग्रे सवारी साधनको लाइसेन्सको प्रयोगतात्मक परिक्षा सञ्चालन गर्न ट्रायल सेन्टर छनौट भई भोलि (मंगलबार) सम्झौता गरिने जुुग्जालीले बताए ।

 

बाग्लुुङमा चार पाङ्ग्रेको लाइसेन्स सेवा शुुरु भएपछि पोखरामा सेवाग्राहीको चाप घट्ने यातायात व्यवस्था कार्यालयको अपेक्षा छ ।

 

 

यातायात व्यवस्था कार्यालय कास्की सवारीको अभिलेखलाई डिजिटलाइजेसन गरिसेको छ  भने सवारी चालक अनुुमतिपत्रमा अनलाइनबाट लाइसेन्स नवीकरण गर्ने र बिहान ८ बजेदेखि सेवा सञ्चालन भएको छ । 

 

यातायात क्षेत्रमा नीतिगत रुपमा सरल र सेवाग्राहीमैत्री बनाउन यातायात सेवा ऐन संसोधन तथा नियमावली र कार्यविधी निर्माणको काम भैरहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्